Logo

२०८३, कार्तिक २७गते


images
images

विद्यालयलाई एक करोड सहयोग जुट्यो

विद्यालयलाई एक करोड सहयोग जुट्यो

images
  • सेतोमसी सहकर्मी
  • विद्यालयलाई एक करोड सहयोग जुट्यो
    images

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका- ४ सिंगास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ। दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनःमिलन अभियानमार्फत् सो रकम संकलन भएको हो।

    images
    images
    images

    विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणि सापकोटाले रु नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए।

    images
    images
    images

    संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए। गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ।

    images
    images

    दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सात जनाबाट सहयोग प्राप्त भएको छ। बेनी नगरपालिका- ४ बास्कुना घर भई हाल न्युजील्याडमा रहनुभएका लालबहादुर केसीले सबैभन्दा बढी रु. २५ लाख सहयोग गरेका छन्। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्यालयलाई सहयोग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।