Logo

२०८३, कार्तिक २७गते


images
images

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइयो

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइयो

images
  • सेतोमसी सहकर्मी
  • फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइयो
    images

    राजेश पराजुली, पोखरा ।फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको हो । 

    images
    images
    images

    महिना भरि विभिन्न चेतनात्मक कार्यक्रम गरिएको महानगरको स्वास्थ्य महाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए। महिनाभरि समन्वयात्मक, चेतनात्मक र जानकारी मूलक विभिन्न कार्यक्रमहरू गरिएका उनले बताए। आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषकतत्व भएकाले यस सम्बन्धमा नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने उनले बताए। 

    images
    images
    images

    पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै स्वास्थ्य प्रवर्द्धनका गतिविधिहरू सञ्चालन गरिएको उनले बताए । 

    images
    images

    महानगर स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले महानगर भित्र आयोडिनको कमीका कारण आउन सक्ने स्वास्थ्य जोखिमहरूको न्यूनीकरणका लागि प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेमा जोड दिए। 

    महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भिमा पौडेलले स्वास्थ्य सचेतना अभिवृद्धिमा महिला स्वास्थ्य स्वयसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए। साल्ट ट्रेडिङ गण्डकीका निर्देशक सागर शेरचनले मानव स्वास्थ्यका लागि आयोडिनको सेवन अनिवार्य र अत्यावश्यक रहेको बताए। 

    छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, गुरुकुल माविका प्रधानाध्यापक नारायण आचार्य र पुष्प सदन माविका प्रधानाध्यापक शिवलाल रिमालले विद्यालय तहदेखि नै यसको महत्वलाई बुझाउन स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए। जंकफुडहरुको अत्यधिक प्रयोगले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गरेको बताउँदै प्रध्यानाध्यापकहरुले यसको निषेधका लागि पोखरा महानगरपालिकाले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिए। 

    पोखरा महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रममा फोकल पर्सन सत्यराज साखीले नेपाल सरकारको पोषण कार्यक्रम अन्तरगत पहिलो प्राथमिकतामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए। मानव स्वास्थ्यका लागि पोषणको मात्रा पुरा गराउने सन्दर्भमा विभिन्न खाले सचेतना तथा सन्देशमूलक कार्यक्रमहरू गरिएको उनले बताए। 

    आयोडिनको कमीका कारण गलगाँड आउने, मानसिक तथा बौद्धिक विकासमा असर पर्ने, शारीरिक अपाङ्गता हुने, पुनरुत्पादन क्षमतामा ह्रास आउने, गर्भपतन हुने र बाल तथा मातृ मृत्युदर बढ्ने लगायतका समस्याहरू देखिने गर्दछन् । 

    प्रतिव्यक्ति दैनिक ५ ग्राम आयोडिन आवश्यक पर्ने भए पनि विभिन्न अध्ययनहरूले भने ११ ग्राम सम्म आवश्यक पर्ने देखाउने गरेका छन् । आयोडिन मानसिक फुर्ती र शारीरिक शक्तिका रूपमा मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आयोडिन महिना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।