Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

देवदहमा शैक्षिक विमर्श : सामूदायिक विद्यालयको गुणस्तर अभिबृद्धिमा को जिम्मेवार ?

देवदहमा शैक्षिक विमर्श : सामूदायिक विद्यालयको गुणस्तर अभिबृद्धिमा को जिम्मेवार ?

images
  • देवदहमा शैक्षिक विमर्श : सामूदायिक विद्यालयको गुणस्तर अभिबृद्धिमा को जिम्मेवार ?
    images
    images

    देवदह । देवदहको महामाया भवानी माध्यमिक विद्यालयमा शैक्षिक विमर्श भएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित शैक्षिक अन्तरक्रियामा वरिष्ठ शिक्षाविद विद्यानाथ कोईराला सहितका व्यक्तिहरूले 'सामूदायिक विद्यालयको गुणस्तर अभिबृद्धिमा को जिम्मेवार ?' भन्ने विषयमा विचार व्यक्त गरे । 

    images
    images
    images

    सामूदायिक विद्यालयको गुणस्तर अभिबृद्धिमा को जिम्मेवार छैन. ? भन्ने प्रश्नबाट आफ्नो भनाईको सुरूवात गर्दै शिक्षाविद् कोईरालाले शिक्षामा गुणस्तर बृद्धि गर्न राज्यका सबै निकाय र शिक्षक जिम्मेवार हूनुपर्ने बताए । कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारको मातहतमा आइसकेको अवस्थामा स्थानीय सरकारले नै शैक्षिक गुणस्तरको बारेमा सोच्नु पर्ने उनले बताए  । शिक्षकलाई आवश्यक प्राविधी र शैक्षिक सामग्री उपलब्ध गराउने दायित्व सरकारको रहेको उल्लेख गर्दै कोइरालाले शिक्षकलाई सबै सुविधा दिएर काममा लगाउनुपर्ने बताए ।

    images
    images
    images

    राजनीतिकर्मी, राज्य संचालक र शिक्षक स्वयंले अरूलाई आलोचित गर्ने तर आफ्नो जिम्मेवारी नलिने समस्या नै शैक्षिक गुणस्तरको बाधक रहेको उनले बताए ।

    images
    images
    images

    राज्यले सेवा सुविधा दिएर पालेका शिक्षकले सरकारको विरोध गर्ने, विद्यालय व्यवस्थापन समितिमा रहनेले स्रोत साधनको व्यवस्थापन गर्न नसक्ने तर आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर शिक्षकको हाजिरी चेक गर्ने जस्ता कार्य गर्ने विद्यालय व्यवस्थापन समितिहरूले पनि शैक्षिक गुणस्तर  प्रदान गर्न नसक्ने उनले दावी गरे ।

    अभिभावक र शिक्षकले बालबालिकाको जिज्ञासा मार्ने र उनीहरूलाई सिक्न नदिने परिपाटी शैक्षिक गुणस्तरको बाधक रहेको तर्क गर्दै कोइरालाले पढाउने काम छोडेर सिकाउने काममा लाग्नुपर्ने विचार व्यक्त गरे । 

    विद्यार्थीलाई अनुसन्धानमा जोड्ने, प्राविधीसंग जोड्ने र उनीहरूलाई सिकाईको लागि उपयुक्त वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै शिक्षाविद कोईरालाले सबै जिम्मेवार भएर आफ्नो कार्यसम्पादन गर्न सके मात्र शिक्षाको गुणस्तर कायम हुने बताए ।

    अन्तरक्रियामा शिक्षा, विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख माधवप्रसाद बन्जाडे, कालिका मानवज्ञान क्याम्पसका प्रमुख घनश्याम पाठक, देवदह आदर्श बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख मित्रलाल न्यौपाने लगायतले बोलेका थिए  । 

    अन्तरक्रियामा सहभागीहरूले फ्लोरबाट पनि शिक्षाविद कोइरालासंग प्रश्नोत्तर गरेका थिए  ।

    कार्यक्रममा देवदह नगर शिक्षा अधिकारी टीकाराम शर्मा, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी लगायतको उपस्थिति रहेको थियो  ।
      
    विद्यालय व्यवस्थापन समिति अध्यक्ष छविलाल घर्ती जीसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले स्वागत गरेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।