Logo

२०८३, कार्तिक २७गते


images
images

समाज

देवदहमा महिलाले पञ्चेबाजा बजाउने, १५ जनाले तालिम लिंदै

देवदहमा महिलाले पञ्चेबाजा बजाउने, १५ जनाले तालिम लिंदै

images
  • देवदहमा महिलाले पञ्चेबाजा बजाउने, १५ जनाले तालिम लिंदै
    images

    देवदह । देवदहमा महिलाहरूले पञ्चेबाजा बजाउने भएका छन् । देवदहस्थित चेली सहकारी संस्थामा आवद्ध महिलालाई रोटरी क्लव अफ वुटवल डाउन टाउनले पन्चेबाजा सहित आवश्यक तालिमको व्यवस्थापन गरेको हो । 

    images
    images
    images

    आइतबार एक कार्यक्रमबीच रोटरी क्लबले चेली कृषि सहकारीमा आवद्ध महिलालाई पञ्चेबाजा हस्तान्तरण गर्यो । महिलाहरुलाई आयआर्जन गरि सक्षम बनाउन क्लबले पञ्चेबाजा हस्तान्तरण गरेको रोटरी क्लब अफ देवदहका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारी जानकारी दिए । सामान्यतया: पुरुषले मात्र पञ्चेबाजा बजाउने परिपाटी भएको अवस्थामा सामाजिक परिवर्तनसहित महिलालाई नयाँ किसिमको आयआर्जनमा जोड्न कार्यक्रम ल्याईएको अधिकारी बताए । देशका अन्य केही ठाउँमा महिलाले बाजा बजाउने गरेको सुनिएको भएपनि लुम्बिनी प्रदेशमै त्यस्तो अभ्यास नदेखिएको हुनाले नयाँ अभ्यासको सुरुवात गरिएको उनको भनाई छ । 

    images
    images
    images

    एक लाख ५० हजार रूपैयाँको पञ्चेबाजासहित महिलाहरूलाई तालिम दिएर दक्ष बनाउने रोटरी क्लबले जनाएको छ ।  तालिममा चेली कृषि सहकारीका १५ जना महिला सहभागी हुने जनाईएको छ । 

    images
    images

    कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष कमला हमाल, रोटरी क्लब अफ देवदहका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारी लगायत चेली कृषि सहकारी र रोटरी सदस्यहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पञ्चेबाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।