Logo

२०८३, कार्तिक २७गते


images
images

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

images
  • सेतोमसी सहकर्मी
  • शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित
    images

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ।

    images
    images
    images

    एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन्। संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले विश्वास व्यक्त गरे।

    images
    images
    images

    टीकापुरका लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएका भण्डारण गरी बजारीकरण गर्न सकिने भन्दै यसबाट सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउने बताए।

    images
    images

    एक हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन इकाईले गर्ने जनाएको छ।

    टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिका किसानले यसबाट लाभ लिन सक्नेछन्। करिब रु सात करोड छ लाख ६९ हजार छ सय को लागतमो रानीजमरा कुलरीया मूल कुलो समितिको मातहतमा रहने गरी शीत भण्डार निर्माण गरिने समितिका अध्यक्ष कुमारराज शाहीले जानकारी दिए।

    किसानबाट समयमा लागत सङ्कलन हुन नसक्दा तीन वर्ष इकाईले विनियोजन गर्दै आएको करिब रु छ करोड बजेत फ्रिज जाने गरेको थियो।

    अहिले किसानको पूर्ण सहयोगमा शीत भण्डार निर्माणले सार्थकता पाउन लागेको कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले बताए।

    प्रमुख चौधरीका अनुसार आगामी डिसेम्बर १५ भित्र शीत भण्डार निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।  शीत भण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने उनको भनाइ थियो।

    किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले  उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो। कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारुले बताए। 

    उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ। साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने नगर प्रमुख थारुले जानकारी दिए। रासस 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शीत भण्डार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।