Logo

२०८३, श्रावण २७गते


images
images

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु
    images
    images

    भैरहवा । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    images
    images
    images

    बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ । 

    images
    images
    images

    गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरू त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको छ महिनामा दुई सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । 

    images
    images
    images

    विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरूको चेपुवामा यात्रुहरूले ज्यान गुमाइरहँदा यी सरोकारवाला एक अर्कालाई दोषारोपणम दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरूलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरूले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताएका छन् ।  तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उनको भनाइ छ ।

    हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउछन् । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरू पेसाप्रति जबाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रूपमा रहेका छन् ।

    प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग सीमित स्रोत  साधन रहेको बताए ‘ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दैवको खाँचो छ,’ उनले भने, ‘हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।’

    उनले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताए। यसका लागि स्थानीय निकायहरूसँग पटक पटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उनको भनाइ छ । उहाँको सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने तर्क छ । 

    दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरूको भनाइ छ । सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउछन्। उनले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताए ।’चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरूमा व्यस्त हुने गरेको छ,’ उनले भने, ‘यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ ।’

    अहिले यात्रुको चाप भन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उनको भनाइ छ । यसबाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उनको आरोप छ ।  जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निक्र्यौल हुनुपर्ने धारणा राखे । खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्य योजना बनाई स-साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिए । 

    लुम्बिनी प्रदेशमा आव २०७७र०७८ मा एक हजार दुई सय १२ दुर्घटनामा परी पाँच सय २७ जनाले ज्यान गुमाएका थिए । सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७८र०७९ मा एक हजार एक सय ६४ सवारी दुर्घटनामा परी पाँच सय ५१ जनाले ज्यान गुमाउनाका साथै एक हजार एक सय २३ जना गम्भीर घाइते तथा पाँच सय १७ जना सामान्य घाइते भएका थिए ।

    आव २०७९/०८० मा भने आठ सय ९२  सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार सय ६२ रहेको थियो । सो आर्थिक वर्षमा सात सय ९९ जना गम्भीर घाइते तथा चार सय ७७ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ । रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।