Logo

२०८३, आश्विन १०गते


images
images

जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

images
  • जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवदह बुद्ध पब्लिक आवासीय माविको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मावि प्रथम भयो ।  

    images
    images
    images

    प्रतियोगितामा २२० अंक ल्याएर ग्रीन पलान्ट ईङ्लिस बोर्डिङ स्कुल प्रथम, १५० अंक ल्याएर एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल दोस्रो र १४० अंक ल्याएर सुनगाभा ईङ्लिस बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाइ क्रमश: नगद १० हजार, ७ हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

    images
    images
    images

    प्रतियोगितामा १९ विद्यालयममध्य दोस्रो चरणमा केरवानी माध्यमिक विद्यालय, ग्रीन प्लान्ट आवासीय मा.वि, शान्ति नमुना मा.वि, एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल, अक्स्फोर्ड ईङ्लिस बोर्डिङ स्कुल, सुनगाभा ईङ्लिस बोर्डिङ स्कुल प्रवेश गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका उपसचिव टिकाराम शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकार, विद्यालयका प्रधानाध्यापक कृष्ण गैरे, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य चक्रपाणी तिवारी लगायतको उपस्थित थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्रीन प्लान्ट प्रथम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।