Logo

२०८३, श्रावण २७गते


images
images

पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै

पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै

images
  • पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै
    images
    images

    बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ ।

    images
    images
    images

    सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो । 

    images
    images
    images

    गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ । 

    images
    images
    images

    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेको पाइन्छ । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड लागतमा निर्माण भएको र यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालेको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको भन्दै विस्तारै बजेट मागेर काम गरिरहेको उनको भनाइ छ ।

    विहार क्षेत्रमा पर्यटक बढाउन प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना रहे पनि बजेट कम हुँदा काम गर्न नसकिएको उनको भनाइ छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतिक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउछन् ।

    “बजेट अभाव र विभिन्न कारणले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सफल भएका थियौँ, तर जुन प्रकारको बन्नुपथ्र्यो, त्योअनुसारको कममात्रामा भयो, बजेट पर्दैछ, अब विस्तारै भए पनि पूर्णता दिने प्रयास गरिरहेका छौँ”, अध्यक्ष श्रीसले भने, “यो ठाउँ अत्यन्तै पर्यटकीय सम्भावना बोकेको हुँदा बुद्ध विहारले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ, अहिले त्यति व्यवस्थित भएको छैन, तर पनि मासिक डेढ÷दुई सय पर्यटक आउने गर्नुभएको छ ।”

    नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले उदय रिघा बुद्ध विहारलाई नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताए । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको भन्दै योसँगै अन्य धार्मिक पर्यटकीय गन्तव्यमा संरचना निर्माणमा जोड दिइएको भण्डारी बताउँछन् ।

    उनले भने, “बुद्ध विहारलाई यस वर्ष प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गरेर सहयोग गरेको छ, हामीहरुले यसमा बर्सेनि लगानी गर्दै आएका छौँ, यो ठाउँ निकै रमणीय रहेको हुँदा बाहिरबाट पनि धेरै पर्यटक आउने गरेका छन्, सडक अलिकति अप्ठ्यारो छ, यसको स्तरोन्नतिका लागि माथिल्लो तहका सरकारसँग सहकार्य गर्ने योजना बनाएका छौँ, केही वर्षमा यो ठाउँ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने निश्चित छ ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उदय रिघा बुद्ध विहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।