देवदह । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुबा र नाति मृत अवस्थामा फेला परेका छन् । सुस्ता-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाती ११ वर्षिय गौचरण चमार घरदेखि ५०० मिटर दक्षिणतर्फ मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिगत ४-५ बर्षदेखि सिमेन्टको कच्ची खपट्टोले छाएको छाप्रोमा बस्दै आएका उनीहरू मंगलबार बिहान ५:५५ को समयमा मृत फेला परेको परेको प्रहरीले जनाएको छ । हजुरबुवा र नाती १५ मिटर दुरीको फरकमा छाप्रो बाहिर मृत अवस्थामा रहेको स्थानियहरु बताएपछि तालिमप्राप्त कुकुर सहित अनुसन्धानमा प्रहरी खटिएको छ ।
मृतकको घरमा १ छोरा, २ नाती, १ नातिनी र १ बुहारी मात्रै बस्दै आएको र एक डेढ महिनादेखि रोजगारको सिलसिलामा छोरा भारतमा गएपछि बुहारी समेत १ नाती र नातिनि लिई एक डेढ महिनादेखि माईती घर भारत गएको बुझिएको प्रहरी अधिकारीले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology