Logo

२०८३, आश्विन ९गते


images
images

प्रणय सप्ताह

आज ‘चक्लेट डे’ : प्रियजनहरूलाई यसरी चक्लेट दिएर खुशी पार्नुहाेस्

आज ‘चक्लेट डे’ : प्रियजनहरूलाई यसरी चक्लेट दिएर खुशी पार्नुहाेस्

images
  • आज ‘चक्लेट डे’ : प्रियजनहरूलाई यसरी चक्लेट दिएर खुशी पार्नुहाेस्
    images
    images

    काठमाडाैं । आज फेब्रुअरी ९ अर्थात ‘चक्लेट डे’ । प्रेम दिवसको तेस्रो दिन आज विश्व भरिनै चक्लेट डे को रुपमा मनाइँदै छ ।
    आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ । प्रेम सप्ताहको तेश्रो दिन आफूले माया गरेको मान्छेलाई चक्लेट दिने चलन छ । चक्लेट जस्तै मिठो सम्बन्ध बनोस भनेर यो दिन चक्लेट साटासाट गरेर मनाइन्छ ।

    images
    images
    images

    प्रेम दिवस हरेक वर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाइन्छ । विषेश गरी विश्वभरका युवायुवतीहरूले एउटा पर्वको रुपमा मनाउँछन् ।

    images
    images
    images

    फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । प्रेम दिवस आउनु भन्दा १ हप्ता अगाडि बाटनै प्रेम उत्सव सुरु हुन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

    images
    images
    images

    यस्तो छ इतिहास

    विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए।

    सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

    आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।

    जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए।

    उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

    हतार नगर्नुहोस्ः

    पुरुष धेरैजसो प्रस्ताव राख्न हतार गर्छन्, यस्तो गर्दा कुरा बिग्रन सक्छ । तपाईंहरु केही दिन अघि मात्रै भेट्नुभएको छ र एक–अर्कालाई राम्रोसँग नचिनिकन तपाईंले प्रपोज गरिदिनुहुन्छ भने तपाईंको प्रस्ताव अस्वीकार हुनसक्छ ।

    यसका लागि एक–अर्कालाई राम्रोसँग चिन्नुहोस्, साथी बन्नुहोस् र त्यसपछि मात्रै आफ्नो मनको कुरा भन्नुहोस् ।

    खास स्थान र समयको खोजी

    प्रेम प्रस्ताव राख्नका लागि उचित स्थान र समयको खोजी गरौं । यस्तो स्थान, जहाँ निर्धक्क प्रस्ताव राख्न सकियोस् । प्रेम व्यक्त गर्न सकियोस् । कुनै अड्चन व्यहोर्न नपरोस् । यसका लागि समयको पनि ख्याल गर्नुपर्छ ।

    क्यान्डल लाइट डिनर

    आफुले मन पराएको व्यक्तिलाई कुनै रेष्टुरेन्ट वा कतै डिनरको लागि निम्तो गर्न सकिन्छ । त्यहाँ केहि पूर्व तयारी गर्नैपर्छ । डिनर गर्ने स्थानमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यहि पृष्टभूमीमा मिठो परिकारको स्वाद लिदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।

    उपहार

    प्रेम व्यक्त गर्ने माध्याम हो, उपहार । यस्तो उपहार छनौट गरौं, जसमा आफ्नो प्रेम व्यक्त होस् । उपहारको छनौट गर्दा यो पनि ख्याल गरौं कि, उनको रुची के छ ? के मन पराउँछ ?

    प्रेमी-प्रेमिकाको रुची, सौखलाई पनि सकेसम्म उपहारले सम्बोधन गर्न सकोस् । उपहारले हाम्रो सोंच र क्षमता पनि दर्शाउन सक्छ । हामीले कस्तो उपहार छनौट गर्छौ, के आधारमा गर्छौं, त्यसलाई कसरी दिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

    भर्चुअल माध्यामबाट

    अहिले प्रेम प्रस्ताव राख्ने विधी र तौर तरिकामा पनि फरकपन आएको छ । प्रेम व्यक्त गर्नका लागि मोवाइल वा सामाजिक संजालको प्रयोग गर्न सकिन्छ । तर, ख्याल राख्नुपर्ने कुरा के भने, यस्ता माध्यामहरु त्यती प्रभावकारी हुँदैन, जति भौतिक उपस्थितीमा हुने गर्छ । अर्को महत्वपूर्ण कुरा के पनि भने, फेसबुक वा यस्तो भर्चुअल माध्यामबाट प्रेम प्रस्ताव राख्दा शिष्ट शैली अपनाउनुपर्छ ।

    #फेब्रुअरी ७
    यो दिनलाई रोज डे भनिन्छ । अर्थात् उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्यम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।
    #फेब्रुअरी ८
    प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन । आफूले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।
    #फेब्रुअरी ९
    यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी-प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।
    #फेब्रुअरी १०
    टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ ।
    #फेब्रुअरी ११
    यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात् वाचा गर्ने दिन । एकअर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।
    #फेब्रुअरी १२
    अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।
    #फेब्रुअरी १३
    यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।
    #फेब्रुअरी १४
    यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यस दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव हो यो दिन । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सकिन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।