Logo

२०८३, श्रावण २७गते


images
images

प्रणय दिवसमा ‘सौराहा फुड फेस्टिबल’

प्रणय दिवसमा ‘सौराहा फुड फेस्टिबल’

images
  • प्रणय दिवसमा ‘सौराहा फुड फेस्टिबल’
    images
    images

    चितवन । रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) को आयोजनामा यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिबलको आयोजना गरिँदै छ । प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिबल’ आयोजना गर्न लागिएको हो ।

    images
    images
    images

    सौराहासहित चितवनको पर्यटन प्रवर्द्धन तथा विकासका लागि प्रणय दिवसको अवसर पारेर फेस्टिबल आयोजना गर्न लागिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनका अनुसार फेस्टिबल आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । 

    images
    images
    images

    खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिबललाई विशेष बनाउने तयारी गरिएको गिरीले बताए । उनले भने, “सौराहा फुड फेस्टिबलकोे आफ्नै गौरवमय इतिहास छ । हरेक वर्ष प्रणय दिवसको अवसरमा फेस्टिबल आयोजना गरिँदै आइएको छ ।”

    images
    images
    images

    फेस्टिबलमा सञ्चालन हुने पर्यटन प्रवद्रधनात्मक गतिविधिले कालन्तरसम्म पर्यटक भित्र्याउन टेवा पुग्ने रेवानका अध्यक्ष गिरीको भनाइ छ । आज पत्रकार सम्मेलनको आयोजना गरी रेवानले फेस्टिबलको बारेमा जानकारी दिएको हो । विभिन्न खालका विषम परिस्थितिमा पनि फेस्टिबललाई निरन्तरता दिँदै आइरहेको अध्यक्ष गिरीले बताए । उनका अनुसार कोरोना महामारीपछि सौराहासहित चितवनको पर्यटन पुरानै अवस्थामा फर्किने क्रममा रहेको छ ।

    यहाँको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी फेस्टिबलका गतिविधिलाई अगाडि बढाइने फेस्टिबका संयोजक सूर्यबहादुर रिमालले पत्रकार सम्मेलनमा जानकारी दिए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासंस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले पर्यटन मार्गको सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उनले बताए । 

    दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने र तीन करोड कारोबार हुने अनुमान गरिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।