Logo

२०८३, श्रावण २७गते


images
images

चन्दन भराटेश्वरका सम्पदाः मल्लकालीन देवस्थल भएको प्रमाण

चन्दन भराटेश्वरका सम्पदाः मल्लकालीन देवस्थल भएको प्रमाण

images
  • चन्दन भराटेश्वरका सम्पदाः मल्लकालीन देवस्थल भएको प्रमाण
    images
    images

    काठमाडौं । चन्द्रागिरि नगरपालिका-६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ।

    images
    images
    images

    पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो। 

    images
    images
    images

    'अध्ययनका क्रममा नेपाल संवत् ८०९ (३ सय ३५ वर्षअघि) को एउटा र नेपाल संवत् ८३२ (३ सय १२ वर्षअघि)का शिलालेख भेटिएका छन्। त्यसले यहाँ थप पुरातात्विक सम्पदा हुनसक्ने सङ्केत गरेको छ', श्रेष्ठले भने।

    images
    images
    images

    उनका अनुसार नेसं ८०९ चैत्र शुक्ल मिति उल्लेखित शिलालेखमा ‘श्री ३ योगनरेन्द्र मल्ल’ लेखिनुका साथै ‘नास द्योछें’ उल्लेख छ। 

    'यसको अर्थ यहाँ नृत्यका देवता राखिने घर (नास द्यो छेँ) थियो भन्ने हो', श्रेष्ठले भने। कालक्रममा नास द्यो छेँ भत्किएर पुरिएको र शिलालेख चाहीँ बाहिर रहेको हुनसक्ने उनको अनुमान छ। यसले सो क्षेत्रमा ठूला सम्पदा रहेको सङ्केत गरेको उनले बताए।

    त्यसैगरी नेसं ८३२ को शिला लेखमा ‘काशीनाथ भारो (सम्भवतः थर) र शिव भारोले गणेशको मूर्ति स्थापना गरेको’ उल्लेख छ।

    त्यतिबेला कीर्तिपुरदेखि थानकोटसम्मको क्षेत्र काठमाडौं उपत्यकाका तीन राज्यमध्ये पाटनको अधिनस्थ रहेकाले योगनरेन्द्र मल्लको नाम उल्लेख भएको पनि पुरातत्वविद् श्रेष्ठले बताए। 

    सोही स्थानमा तीन वर्षअघि चन्दन भराटेश्वर मन्दिर परिसरको दक्षिण पूर्वी कुनामा रहेको पार्वती कुण्ड सफा गर्दा एउटा ठूलो ढुुङ्गेधारा भेटिएको थियो। त्यसपछि जनप्रतिनिधिले पुरातत्वविद्लाई थप अध्ययन गरिदिन अनुरोध गरेका थिए। 

    'मकर आकृतिको त्यो धारा प्राचीन हो। तर कति पुरानो (लिच्छवी वा मल्लकालको) हुन् भन्ने कुराको निक्र्योलका लागि थप अध्ययन गर्नुपर्छ', पुरातत्वविद् श्रेष्ठले भने। यसका लागि फागुनको दोस्रो सातादेखि उक्त क्षेत्रमा थप उत्खनन गर्नुपर्ने वा नपर्नेबारे अध्ययन गरिने उनले जानकारी दिए। 

    वडाध्यक्ष सञ्जय सिग्देलका अनुसार जनप्रतिनिधिले लामो समयअघिदेखि चन्दन भराटेश्वर क्षेत्रको उत्खनन गर्नुपर्ने माग राख्दै आएका थिए। मकर आकृतिको धाराको आकार प्रकार र त्यसमा कुँदिएका बुटाका आधारमा पुरातत्वविद्ले लिच्छविकालीन हुनसक्ने अनुमान गरेका उनको भनाइ थियो। 

    पछिल्लो समय नगरपालिकाले चन्दन भराटेश्वर मन्दिर परिसरमा गुठी, क्लब र ज्येष्ठ नागरिक भवन बनाउने गरी गुरु योजना मनाइरहेको छ। त्यसअघि नै त्यहाँ उत्खनन गरेर प्राप्त सम्पदाको व्यवस्थापन गर्ने र आवश्यकता परे गुरु योजनासमेत संशोधन गर्नुपर्ने अवस्था आउने चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीको भनाइ छ। 

    वडाध्यक्ष सिग्देलका अनुसार उक्त मन्दिर परिसरसहित वडा नं ६ मा भेटिएका अन्य सम्पदाको संरक्षणका लागि पनि पुरातत्व विभागसँग समन्वय भइरहेको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चन्दन भराटेश्वर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।