चितवन । वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेस चितवनका नेता बलराम पौडेलको सडक दुर्घटनामा परी निधन भएको छ । चितवन कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै पौडेलको बुधबार नवलपरासी गैंडाकोटमा भएको दुर्घटनामा परेर निधन भएको जानकारी दिएको छ ।
पौडेलले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । चितवन भरतपुर महानगरपालिक-१७ का पौडेल नेपाली कांग्रेस चितवनका पुराना नेता हुन् । उनी वाग्मती प्रदेश सरकारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पनि भएका थिए । हाल उनी नेपाली कांग्रेस चितवनका सल्लाहाकार तथा महाधिवेशन प्रतिनिधि रहेको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए ।
पौडेलको निधनका कारण चितवन कांग्रेसले 'समुदायमा कांग्रेस' अभियान लगायतका कार्यक्रम स्थगित गरेको सभापति खनालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology