देवदह । रुपन्देहीको देवदहमा बिजुलीको तार चुँडिएर खस्दा एकजना घाइते भएका छन् ।बर्दघाटबाट बुटवल तर्फ आउँदै गरेको लु २ ख २५२८ नम्बरको माइक्रो बसबाट खैरेनी चोकमा यात्रु ओराल्ने क्रममा बिजुलीको तार बसमा छोइएर खस्दा माइक्रो बस बाट उत्रिने क्रममा सुनवल १० खकरेबारीका ७५ वर्षीय कमला भट्टराई घाइते भएकी हुन् ।
घाइतेको टाउकोमा चोट लागेको र देवदह मेडिकल कलेजमा उपचार भैरहहेको प्रहरी चौकी खरेनीले जानकारी दिएको छ।टाउकोमा गम्भीर चोट लागेको र अवस्था मध्यम रहेको छोरा नोटराज भट्टराईले बताए।
बिजुलीको तार लत्रीएको अवस्थामा रहेको र सर्वसाधारणको सुरक्षा प्रती गैर जिम्मेवार बनेको भन्दै विद्युत कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै स्थानीयले विरोध जनाएका छन् ।
सडक विस्तारको काम सुस्त गतिमा रहेको र विजुलीको तारहरु समेत समयमै व्यवस्थापन गर्न नसक्दा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology