Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज श्रावण १३ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज श्रावण १३ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज श्रावण १३ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण १३ गते बुधबार । तदनुसार २८ जुलाई २०२१ । श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    आजको पंचाङ्ग 

    images
    images
    images

    वि.सं. साउन १३, २०७८ । ई.सं. 28 Jul, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ दिल्लागा । दक्षिणायन । वर्षा । बुधवार । श्रावण कृष्णपक्ष । तिथि - पञ्चमी , २८:४२ बजे उप्रान्त षष्ठी । नक्षत्र - पूर्वभाद्रपदा , १३:३३ बजे उप्रान्त उत्तरभाद्रपदा । योग - अतिगण्ड , २३:५० बजे उप्रान्त सुकर्मा । करण - कौलव १६:३० बजेदेखि तैतिल , २८:४२ बजे उप्रान्त वणिज । चन्द्रराशि - कुम्भ । आनन्दादि योग - पद्म । दिनमान ३३।४१ । सूर्योदय ५:२५ । सूर्यास्त १८:५४। पञ्चक, श्री कृष्ण प्रणामी वितक कथा आरम्भ । 

    images
    images
    images

    आजको राशिफल : 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । धन क्षय हुनेछ । काममा सफलता मिल्ने छैन । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । विद्यार्थीहरुका लागि आजको दिन शुभ रहेको छ । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । शरीरमा वायु विकार देखा पर्नेछ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    यान तथा बाहनबाट सुख मिल्नेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । विपरीत लिंगीका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    आफन्त तथा भाइवन्धुहरुसंग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नेछ । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाइदा हुनेछ । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धन क्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खान-पानमा ख्याल गर्नुहोला । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    रोगबाट छुट्कारा मिल्नेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।