Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट बुद्ध पब्लिक निष्कासित

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट बुद्ध पब्लिक निष्कासित

images
  • राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट बुद्ध पब्लिक निष्कासित
    images
    images

    देवदह  । देवदहमा आयोजित प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट बुद्ध पव्लिक आवासिय माध्यमिक विद्यालय 'आउट' भएको छ । प्रतियोगिताको नियम विपरित प्रतियोगितामा खेलाडी पठाएपछि आयोजकले बुद्ध पब्लिकलाई सम्पुर्ण खेलबाट निष्कासन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख टिकाराम शर्माले जानकारी दिए ।

    images
    images
    images

    बुद्ध पव्लिकले राष्ट्रपति  रनिङ सिल्ड प्रतियोगितामा सहभागि खेलाडीको सूचीमा रहेको भन्दा बाहिरको खेलाडि सहभागी गराएको भन्दै देवदह बोर्डिङ स्कुलले गरेको उजुरीको अनुसन्धानमा बुद्ध पब्लिक दोषी ठहर भएपछि नियमानुसार कारवाही गरिएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    एउटा विद्यार्थीको नाममा अर्को विद्यार्थीलाई खेलमा सामेल गरेको भन्दै उजुरी गरेपछि बुद्ध पव्लिक स्कूललाई आयोजकले निलम्बन गरेको देवदह नगरपालिका शिक्षा प्रमुख टीकाराम शर्माले सेतोमसीलाई बताए। 

    images
    images
    images

     अहिलेसम्म बुद्ध पव्लिकका विद्यार्थीहरुले पाएको मेडल, पदक भेरीफाइ गर्ने र यदि विद्यार्थीको सम्पूर्ण कागजपत्र सही ठहरिएमा यस अघिका पदक भने नखोसिने तर विद्यालयलाई खेलमा पुन: सामेल नगराइने शर्माले बताए ।   

    सेतोमसीसंगको कुराकानीमा बुद्ध पब्लिकका प्राचार्य कृष्णप्रसाद गैरेले विद्यालयले नियतबश गल्ती नगरेको बताए  । एउटा विद्यार्थीको जर्सी अर्को विद्यार्थीले लगाएर खेलमा सहभागीपछि समस्या भएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।