Logo

२०८३, कार्तिक २७गते


images
images

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

images
  • एमाले अध्यक्ष  ओली  र चिनियाँ उपमन्त्रीबीच भेट
    images

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

    images
    images
    images

    ललितलपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा शनिबार भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध लगायत विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    भेटमा समसामयिक राजनीतिक विषयहरुसँगै नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध लगायत विषयहरुमा छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए ।

    images
    images

    उनका अनुसार भेटमा अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।