Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार सुबेदी र सापकोटा विजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार सुबेदी र सापकोटा विजयी

images
  • लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार सुबेदी र सापकोटा विजयी
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन्।

    images
    images
    images

    माओवादीका सुवेदी र काँग्रेसकी सापकोटाले समान ५ हजार ४३५ मतभार प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९  मतभार प्राप्त गरे भने महिला कोटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार विजयालक्ष्मी सिंहले २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले पनि २५० मतभार प्राप्त गरे ।

    images
    images
    images

    मतदानमा प्रदेशसभा तर्फ ८७ र स्थानीय तह तर्फ दूई जना मतदानमा उपस्थित भएनन् । लुम्बिनीमा रिक्त हुन गइ रहेको दुई सदस्य राष्ट्रिय सभा सदस्य चुन्न विहीवार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

    निर्वाचन दाङको घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लाका कुल १०९ स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरि  कुल तीन सय पाँच जना  मतदाता थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।