Logo

२०८३, कार्तिक २७गते


images
images

प्रस्तर कलामा बौद्धकालीन सगरहवाको इतिहास

प्रस्तर कलामा बौद्धकालीन सगरहवाको इतिहास

images
  • प्रस्तर कलामा बौद्धकालीन सगरहवाको इतिहास
    images

    लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विकस्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सम्पन्न भएको छ ।

    images
    images
    images

    राष्ट्रियस्तरमा ख्यातिप्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारले सगरहवासँग सम्बन्धित विषयमा १८ वटा मूर्ति तयार पारेका छन् । सगरहवामै आवासीय रुपमा रहेर कलाकारले ढुङ्गामा मूर्ति कुँदेर सगरहवाको ऐतिहासिक गतिविधिलाई प्रस्तरमा उतारेका हुन् ।

    images
    images
    images

    कार्यशाला समापनमा राष्ट्रियसभा सदस्य बिमला घिमिरेले कपिलवस्तु खुल्ला सङ्ग्रहालयका रूपमा रहे पनि यहाँको बुद्धकालीन स्थलहरुबारे प्रचारप्रसार र विकास हुन नसकेको बताइन् ।

    images
    images

    लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री विष्णु पन्थीले यस कार्यशालामार्फत सगरहवा पर्यटनका लागि  केन्द्रविन्दु हुने बताए । उनले यस कार्यले सगरहवाको ऐतिहासिक तथा पुरातात्विक महत्व  बुझाउन र जगदीशपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा कासेढुङ्गा साबित हुने बताए ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक प्र्राविधिक र ऐतिहासिक काम भएको बताए । उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक अवस्था र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवाको पुरातात्विक महत्व  तथा ऐतिहासिक कुरा उजागर गर्न र यहाँको पर्यटन प्रवद्र्धन गर्न  जनतासँग मिलेर पहिलोपटक नयाँ ढाँचामा काम गरिएको बताए ।

    उनले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरुलाई दिगो संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक छ भने ।

    कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कार्यशाला गरेर कोषले यहाँको विकास सुरुआत गरेको बताए । उनले अब कपिलवस्तुका बुद्धसम्बन्धी विभिन्न स्थलको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

    कार्यशालामा मूर्तिकारहरुको खर्च लुम्बिनी विकास कोषमार्फत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट भुक्तानीका लागि रु २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो । प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरुको सामूहिक नरसंहारको घटनालाई प्रस्तरमा उतार्न कार्यशाला गरिएको थियो ।

    उक्त कोषको नेतृत्व तथा कपिलवस्तु नगरपालिका, ललित कला प्रतिष्ठान, लुम्बिनी प्रदेशस्थित पर्यटन डिभिजन कार्यलयसहित स्थानीय सङ्घसंस्थाहरुको आयोजनामा प्रारम्भ गरिएको कार्यशाला १५ दिनसम्म चलेको थियो ।

    कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट नौ किलोमिटर र तिलौराकोटबाट छ किलोमिटर उत्तरमा छभने पूर्वपश्चिम राजमार्गको वनगाईबाट सात किलोमिटर दूरीमा सगरहवा रहेको छ ।

    सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूको नरसंहार गरिएपछि उनीहरुको सम्झनामा सयौँ स्तूप निर्माण गरिएको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख छ ।

    सन् १८९७ मा डा फुुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा निर्माण गरिएका १७ वटा ठूूलो वर्गाकार स्तूप र धेरै सङ्ख्यामा साना स्तूप भेटिएको थियो ।

    स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री प्राप्त भएका थिए । जगदीशपुर तालको काखैमा रहेको लम्बु सागरका रुपमा परिचित सगरहवा ५८ बिघा क्षेत्रफलमा फैलिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रस्तर कला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।