Logo

२०८३, श्रावण २७गते


images
images

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास

images
  • अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास
    images
    images

    धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ ।

    images
    images
    images

    आज  भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चाको विषय बनेको छ। 

    images
    images
    images

    अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन्।

    images
    images
    images

    राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरकोतर्फबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकेको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ।

    राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र साहले जानकारी गराए। 

    यसका साथै आज उत्सवका रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ। राम मन्दिरको उद्घाटनका दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सबैमा आग्रह गरिएको छ।

    त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाउँदा नेपाल पनि उल्लासमय बनेको बताइएको छ। 

    “त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राण प्रतिष्ठाको अवसर हो”, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशणदास वैष्णव भन्छन्, “भगवान् रामको मन्दिर अयोध्यामा पाँच सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राण प्रतिष्ठा पाउनु सबै सनातनी हिन्दू धर्मावलम्बीका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ त्यो कम नै हुन्छ।”

    जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण नगर्न सबैमा अपिल गरेको छ। त्यसैगरी घरघरमा दीप बालेर खुसियाली मनाउन नगर प्रमुख मनोज साहले सबैलाई आग्रह गरेका छन्।

    आज सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी रामरोसन दासले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन्। सो ज्ञापनपत्रमाथि अहिलेसम्म कुनै निर्णय नभएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

    सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेस प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राम मन्दिर
  • # अयोध्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।