Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा भजन चुट्का तालिम 

पोखरामा भजन चुट्का तालिम 

images
  • पोखरामा भजन चुट्का तालिम 
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं.३३ मा भजन कीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए। 

    images
    images
    images

    पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उनले बताए। “गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो, वडा अध्यक्ष अधिकारीले अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।” वडा नं.३३ का गाउँ गाउँहरूमा भजन संस्कृतिको विकास गरिने उनले बताए। 

    images
    images
    images

    साबिक लेखनाथ नगरपालिकाको वडा नं.१६,१७,१८ का विभिन्न स्थानहरूमा २०=२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । एक हप्ते भजन कीर्तन तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान भएको थियो । 

    images
    images

    तालिममा सहभागीहरूलाई वडा अध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए। समापनका अवसरमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका  थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भजन चुट्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।