धुर्व लामिछाने, देवदह । रुपन्देही सहित तराईका विभिन्न जिल्लामा चिसो बढेको छ । चिसोसंगै शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै गैरहेको छ ।
हिमाली तथा पहाडी भेगमा भएको वर्षाका कारण अहिले तराईको जनजीवन प्रभावित बनेको हो ।
दिनभर पानी झैं शीत खस्ने, हुस्सु लाग्ने गर्दा दैनिक कामकाज समेत नभएको देवदहका शोभाखर घिमिरेले बताए । घर बनाउने काम गर्ने उनी चिसोका कारण तीन दिनदेखि काममा जान नसकिरहेको बताउँछन् ।
अत्यधिक चिसोका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न समेत कठिनाई भएको देखिन्छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाले चिसो बढेपछि विद्यालय बन्द गर्न सूचना नै जारी गरेका छन् ।
एक्कासी बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन् ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ। यसले गर्दा तराईका भूभागमा हुस्सु र कुहिरो लागेकाेले चिसाे बढेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology