Logo

२०८३, कार्तिक २७गते


images
images

सवारी आवागमन सहज हुने गरी सडक विस्तारलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

सवारी आवागमन सहज हुने गरी सडक विस्तारलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

images
  • सवारी आवागमन सहज हुने गरी सडक विस्तारलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन
    images

    पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विस्तारका क्रममा सार्वजनिक सवारी साधनको सहज आवागमनमा पनि ध्यान दिन निर्देशन दिएका छन् । शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन–पोखरा सडकखण्ड)विस्तारको काम निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

    images
    images
    images

    सडकको दुवैतर्फ खाल्डाखुल्डी बनाएर सवारी आवागमन नै समस्या पार्ने गरी भइरहेको कामप्रति भने उनले असन्तुष्टि पोखे । ‘सबै लेन एकैपटक सकौं भन्ने पनि होला, तर, कामलाई तिव्रता पनि दिनुहोस् । एकतर्फको लेन क्लियर गरेर सवारी साधनलाई सहज आउजाउ गर्ने वातावरण पनि बनाउनुहोस् । त्यसो गर्दा सर्वसाधारण चढ्ने सवारी साधनको सहज आवागमन पनि होस् र काम पनि अगाडि बढोस्’

    images
    images
    images

    भौतिक मन्त्री ज्वालाले पछिल्लो समय कामको गति बढेको भन्दै सन्तोष व्यक्त गरेका छन् । निरीक्षणमा मन्त्रीसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, निर्माण आयोजनाका पूर्वी खण्ड र पश्चिम खण्डका आयोजना प्रमुख लगायत सहभागी थिए।

    images
    images

    पछिल्लो साढे २ वर्षदेखि सुस्त गतिमा भइरहेको बाटो विस्तारका कारण यात्रु मात्रै होइन्, स्थानीय बासिन्दासमेत आजित छन् । पोखरा–मुग्लिन खण्ड २ भागमा बाँडेर विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेका छन् ।

    मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७७ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ०७८ भदौदेखि विस्तारको काम गरिरहेको छ ।

    २ खण्डमा बाँडेर काम भइरहेको सडक विस्तारमा सबैभन्दा सुस्त गति पश्चिम खण्डमा छ । जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डमा हालसम्म १४.५ प्रतिशत भौतिक प्रगति भएको पश्चिमखण्डका आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार पश्चिमखण्डमा सडकको बीचमा रहेका केही विजुलीका पोल, रुखविरुवा तथा घरटहरा पूरा ‘क्लियर’ हुन नसक्दा कामको गतिमा अवरोध भइरहेको छ । उनका अनुसार अझै ३० प्रतिशत घर टहरा आयोजना स्थलबाट हट्न सकेका छैनन् ।

    भूगोलको बनावटअनुसार २१ देखि ४५ मिटरसम्म फराकिलो बनाउने गरी एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा राजमार्ग विस्तार भइरहेको हो ।

    ४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ । उक्त सडकखण्डको म्याद ०८१ भदौमा सकिँदैछ ।

    मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा भने हालसम्म ४५ प्रतिशत काम सकिएको आयोजना प्रमुख श्याम यादवले जानकारी दिए । पूर्व खण्डका लागि माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्री ज्वाला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।