Logo

२०८३, श्रावण २७गते


images
images

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो...

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो...

images
  • जब ‘झरनाको चिसो पानी’ गुञ्जियो...
    images
    images

    झरनाको चिसो पानी...
            सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी...
            झरनाको चिसो पानी...

    images
    images
    images

    बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गरे । 

    images
    images
    images

    शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन् । बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभिरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गरेको हो । बुधबार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उनले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ ।

    images
    images
    images

    “घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी, श्रीमान् नियालमारे खोलापारी पुगेका थिए । श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन् । असिनपसिन, ठूलो भारी बोकेका खेताला भिरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाएँ”, शर्माले भने ।  

    विसं २०५० तिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने र ढुङ्गा बोक्ने प्रचलन थियो । कैयौँ मजदुरहरू यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे । त्यही देखेका उनले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाए । 

    महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाए । मैदानमा उपस्थित अधिकांश दर्शक उनका गीतमा झुमे । शर्मालाई उनकी जीवन सङ्गिनी निलिमा पुनले साथ दिइन् । जीवन र जगत्का जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिन्छन् । 

    स्थानीय हेमलाल शर्माले भने, “उहाँका गीत कहिलै पुराना भएनन् । सधैँ सुनौँ, सुनौ लाग्छन् ।” उनका गीतले जहिले जनताको दुःख बोल्यो । जसको परिणाम अहिले उनी जनवादी गायकको परिचयले बाँच्नुभएको छ । साङ्गीतिक यात्राको पहिलो खुड्किलो उनको बाँसुरी हो । वनजङ्गलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उनले बाँसुरीको धुन राम्रोसँग निकाल्थे । 

    शर्माको पहिलो गीतिएल्बम जनसाङ्गीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता दुई हजार बढी गीत उनले जनताकै पक्षमा गाएको छ । मेला महोत्सव हुन वा अन्य कुनै साङ्गीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाएका छन् । ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उनले गाएको छ । ती गीत सबैले रुचाएका लोकप्रिय गीत हुन् ।

    “मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ”, शर्माले भने, “समयसँग सम्झौता होइन, सङ्घर्ष गर । सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन् ।”

    सिमली छायाँ उनको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । शर्मा अहिले पनि सङ्गीत साधनामै हुनुहुन्छ । परिवर्तनका लागि सङ्गीत उपयुक्त माध्यम भएको भन्दै लागेका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देख्नुभएको छ । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र साङ्गीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाएका व्यक्ति हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ‘झरनाको चिसो पानी’
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।