Logo

२०८३, श्रावण २७गते


images
images

रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक

रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक

images
  • रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक
    images
    images

    मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् ।

    images
    images
    images

    निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु वर्षको छ महिनामा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताए । उनले आन्तरिक मात्रै छ हजार पाँच सय ५७ जना पर्यटक यहाँ आएका जानकारी दिए । दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ थियो ।

    images
    images
    images

    चालु आवको छ महिनामा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    गत वर्ष एघार हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ । 

    निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति रु एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँ हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।

    पर्यटन व्यवसायीले सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन् । अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन् । भरपर्दो सडक, सुविधा सम्पन्न होटल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँ आउने गरेको व्यवसायी बताउँछन् । 

    यस वर्ष जाडो याममा पनि यहाँ आउने पर्यटकको सङ्ख्या नघटेको घिमिरेले बताए । विगतमा वर्षभरि आएकाभन्दा बढी पर्यटक चालु वर्षको छ महिनामा आएकाले वर्षको अन्त्यसम्ममा १५/१६ हजार पर्यटकले रारा अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । हिमपात भएमा हिउँ खेल्ने पर्यटक आउँदा यो सङ्ख्या अझ बढ्ने निकुन्जले अनुमान गरेको छ ।

    यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस आठ र बिहान तथा दिउँसो माइनस पाँचसम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावलले जानकारी दिइन् । “यति चिसो हुँदा पनि पर्यटकको आगमन कम भएको छैन”, उनले भनिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रारा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।