Logo

२०८३, श्रावण २७गते


images
images

चार करोडको सुन्तला बिक्री

चार करोडको सुन्तला बिक्री

images
  • चार करोडको सुन्तला बिक्री
    images
    images

    पर्वत । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोडको सुन्तला निकासी भएको छ । पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आवद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो १४० का दरले चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिए ।

    images
    images
    images

    ‘गत वर्षकोभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो’, उनले भने, ‘भाउ पनि राम्रो पाइयो ।’ उनका अनुसार बाँसखर्कमा बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तारमा लागेका हुन् ।

    images
    images
    images

    एक कृषकले वर्षमा १५ लाखसम्मको सुन्तला बेचेर आम्दानी गर्छन् । मकै, कोदो खेती हुने पाखोबारी र खरबारीमा सुन्तलाखेती गरेका छन् । कृषक रुद्रबहादुर खत्रीले यसपाली आठ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको बताए । ‘फल र गुणस्तर राम्रो भएकाले विदेशको विकल्पमा यही सुन्तलाखेती गरेको छु’, उनले भने, ‘अनुकूल हावापानी, भूगोल, राम्रो उत्पादन र मूल्यका कारण बाँसखर्कमा सुन्तलाखेती फस्टाएको छ ।’

    images
    images
    images

    बेनी, कुश्मा, बागलुङ, पोखरा, काठमाडौं, चितवन, जनकपुर, वीरगञ्जलगायत सहरबाट बगैंचामा आएका व्यापारीले अग्रिम पैसा दिएर सुन्तला खरिद गरेका कृषक ख्यामबहादुर खत्रीले बताए । देशका अन्य ठाउँको सुन्तला बिक्री भइसकेपछि माघदेखि बाँसखर्कका सुन्तला बजार पठाउन थालिएको थियो ।

    बगैंचा ब्यवस्थापन र झरेका दानाको सुरक्षित व्यवस्थापन गरेकाले यसपाली सुन्तलाको उत्पादन बढेको कृषक शिवबहादुर खत्रीले बताए । ‘हाँगा काटछाट, मलजल गरेकाले यसपाली उत्पादन बढेको हो’, उनले भने, ‘किराले झरेका सुन्तलाको दानालाई प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गरेकाले यसपाली यो समस्या पनि कम भयो ।’

    बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जङ्गल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग, किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायत कारणले सुन्तला उत्पादन बर्सेनी बढ्दै गएको छ ।

    यहाँबाट विस्थापित पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका हुन् । सिँचाइ बाँसखर्कको सुन्तलाखेतीका लागि प्रमुख आवश्यकता देखिएको छ । बाँसखर्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिएको छ । तर, जोनबाट पकेटको जस्तो पनि सुविधा नपाएको कृषकले गुनासो गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन्तला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।