Logo

२०८३, कार्तिक २७गते


images
images

संचार क्षेत्रको विकासको लागि स्वतन्त्र ढंगले काम गरेको छु  : मन्त्री पाण्डे 

संचार क्षेत्रको विकासको लागि स्वतन्त्र ढंगले काम गरेको छु  : मन्त्री पाण्डे 

images
  • संचार क्षेत्रको विकासको लागि स्वतन्त्र ढंगले काम गरेको छु  : मन्त्री पाण्डे 
    images

    भैरहवा । लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डेले संचार क्षेत्रको विकासको लागि स्वतन्त्र ढंगले काम गरिरहेको बताएका छन् ।  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले भैरहवा आयोजना गरेको मिडिया साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफु दल भन्दा माथि उठेर सबै क्षेत्रको विकासको लागि काम गर्ने बताए । 

    images
    images
    images

    "मेरो दल निकट कुनै पत्रकार छैनन् त्यसैले पनि मलाई सबैको पक्षमा सहज ढंगले काम गर्ने अवसर छ ।" उनले भने संचार क्षेत्र समेत हेर्ने गृह मन्त्रालयले संचारको विकासको लागि केके गर्नुपर्ने हो पत्रकार महासंघले जानकारी गराओस हामी काम गर्छौं।"

    images
    images
    images

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले मिडिया साक्षरता अहिलेको आवश्यकता रहेको बताए ।  "मिडिया कर्मी र आम नागरिकको लागि पनि मिडिया साक्षरता आवश्यक छ" उनले भने, "समग्र मिडियाको प्रक्रियाबारे आमनागरिक पनि जानकार हुन जरूरी छ ।"

    images
    images

    मिडियाबारे कुनै गुनासो भएको खण्डमा कसरी कानुनि उपचार खोज्ने भन्ने विषय पनि आम नागरिकले जान्नुपर्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले मिडिया साक्षरताले मिडियाकर्मी र नागरिकको सम्बन्धमा मजबुत बनाउन समेत सहयोग पुग्ने बताए । 

    नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले लुम्बिनी प्रदेश सरकारले गतवर्ष अनलाइन पत्रिकालाई दिएको अनुदान कटौती गरेकोमा दु:ख व्यक्त गरे ।  संचारको विकासका लागि काम गर्छु भन्ने सरकारले मिडियाले पाउँदै आएको अनुदान कटौती गर्न नहुने उनको भनाई छ ।

    तालिममा रूपन्देही र नवलपरासीका २५ जना पत्रकार सहभागी छन् । 

    लुम्बिनी प्रदेशका सबै जिल्लाका पत्रकारलाई मिडिया साक्षरता दिने गरि कार्यक्रम तय भएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।