ध्रुव लामिछाने, देवदह । रुपन्देहीको देवदह १ मा रहेको लक्ष्मी आधारभूत विद्यालयले आफ्नो स्थापनाको २५ औँ वर्ष पुरा गरेको अवसरमा रजत जयन्ति समारोह सम्पन्न गरेको छ। पाँच दिनसम्म विविध कार्यक्रम गरी शुक्रबार एक कार्यक्रमबीच विद्यालयले रजत जयन्ति मनाएको हो।
रजत जयन्तिमा बोल्दै देवदह नगरपालिकाका शिक्षा प्रमुख टीकाराम शर्माले विद्यालयमा देखिएको टिमवर्कको प्रशंसा गरे । कमिलाको ढिस्कोको उदहारण दिँदै उनले कमिलाकोजस्तो एकता विद्यालयमा देखेको बताए।
विद्यालयको भौतिक समस्या देवदहका अन्य स्कुलमा पनि देखिएको भए पनि नगरले यस्ता समस्यालाई निराकरण गर्नका निम्ति आफू र नगरपालिका साथमै रहेको शर्माले बताए । 'भौतिक संरचना विकासको समस्या एउटा विद्यालयको मात्र नभई साझा समस्या हो, यसलाई हामीले हल गर्दै गइरहेका छौं' उनले भने ।
कार्यक्रममा विद्यालयकी नी. वर्तमान प्रधानाध्यापक विषका रानाले हालसम्मको विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष दीपक नेपाल, वडा नं १० वडा अध्यक्ष एक बहादुर सुनार, विद्यालयका संस्थापक अध्यक्ष खेमराज गिरी, भविष्य निर्माण माविका अध्यक्ष झविन्द्र अर्याल, प्रध्यानाध्यापक गोविन्द प्रसाद भुसाल,
विद्यालयका संस्थापक प्रध्यानाध्यापक जीवनाथ बराल, संस्थापक सल्लाहकार बाबुराम पंगेनी लगायतले
२५ औं वर्ष पुगेको अवसरमा विद्यालयलाई शुभकामना दिएका थिए।
यसैबीच लक्ष्मी स्कूलकी प्रध्यानाध्यापक मनकला पाण्डेले विद्यालयको भौतिक अवस्था, शैक्षिक उपलब्धी, अतिरिक्त क्रियाकलाप तथा विद्यालयको आर्थिक अवस्था लगायतका विषयमा वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्।
कार्यक्रममा विद्यालयका लागि विभिन्न विधामा सहयाेग पुर्याउने व्यक्तिहरु तथा भूतपूर्व विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण समेत गरिएकाे थियाे ।
औपचारिक कार्यक्रम अघि आयोजना गरिएको पञ्चे बाजा सहितको प्रभातफेरी कार्यक्रममा नेवारी समुदायको लाखे नाच समेत प्रदर्शन गरिएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology