देवदह । देवदह-२ स्थित जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको प्रांगणमा भएको साधारणसभामा संस्थाका पदाधिकारीहरूले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित भएका छन् ।
प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाले तीन लाख १८ हजार ६०० रुपैया शुद्ध मुनाफा गरेको उल्लेख छ । साधारण सभाले चालु आर्थिक वर्षको लागि एक करोड ३५ लाख ८४ हजार ५६० रूपैयाँको बजेट अनुमोदन गरेको अध्यक्ष जागेश्वर पंगेनीले जानकारी दिए ।
संस्थाका प्रमुख सल्लाहकार तथा लुम्बिनी विशिष्टिकृत सहकारी संघका लेखा सुपरिवेक्षण सदस्य बोधराज गौडेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा संस्थाका सचिव विक्रम पौडेल, लेखा लेखा सुपेरिवेक्षक विष्णु गिरी, स्थानिय अगुवा झविन्द्र प्रसाद पाण्डे, तेजलाल डुम्रे, विष्णु पाण्डे लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology