Logo

२०८३, कार्तिक २६गते


images
images

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो

images
  • विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो
    images

    राजेश पराजुली, पोखरा । पोखरा ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई लेकसाईड परिक्रमा गराएको छ। “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसमा यसपाली सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई हल्लन चोक देखि फिस्टेल गेट सम्म परिक्रमा गराईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए।

    images
    images
    images

    नेपाली टोपी प्रतिष्ठान गण्डकीको संयोजन र जस्मिन पेन्ट्सको सहयोगमा उक्त ढाका टोपीलाई परिक्रमा गराउन रेवान पोखराले समेत सहयोग गरेको थियो।  

    images
    images
    images

    २५ औं सडक महोत्सव चलिरहंदा प्रतिष्ठानले नेपाली टोपी सहित राष्ट्रिय पोशाकको पहिचान, सम्बर्द्धन र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्नका लागि उक्त र्र्याली आयोजना गरेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाटले जानकारी दिए।  

    images
    images

    प्रतिष्ठानले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, महानगरका वडाध्यक्षहरु, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ लगायत अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत नेपाली टोपी लगाएर नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।

    विगत १० वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका अध्यक्ष भण्डारी वताउछन्।

    ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।

    त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।