Logo

२०८३, आश्विन ११गते


images
images

आज ‘पुस १५’ पर्व मनाइँदै

आज ‘पुस १५’ पर्व मनाइँदै

images
  • आज ‘पुस १५’ पर्व मनाइँदै
    images
    images

     राजेश पराजुली, पोखरा । आज ‘पुस १५’ पर्व मनाइँदैछ । पुसे १५ को रुपमा चर्चित यो पर्वमा मीठा परिकार खाने, राति जाग्राम बस्ने चलन छ भने केही स्थानमा दन्त्य कथा भन्ने र देउडा खेल्ने चलन पनि रहेको छ । यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिन्छ।

    images
    images
    images

    आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने गरिएको हो । तर, विश्वभर भने डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने मानिन्छ ।

    images
    images
    images

    आज टोल छिमेकमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।

    images
    images
    images

    १५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुस १५
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।