Logo

२०८३, आश्विन १०गते


images
images

बालकुमारी झडपमा एक जनाको मृत्यु

बालकुमारी झडपमा एक जनाको मृत्यु

images
  • बालकुमारी झडपमा एक जनाको मृत्यु
    प्रतिकात्मक तस्बिर
    images
    images

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक युवकको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । जुम्ला स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका थिए । किस्ट अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार उनलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनले भने, ल्याउँदा अचेत अवस्थामा ल्याएपनि हामो मेडिकल टिमले सिपिआर आयो, सफल नभएपछि १:१७ मा मृत घोषणा गरिएको छ ।’

    images
    images
    images

    उनका अनुसार राउतको छातिमा डाम छ ।

    images
    images
    images

    यसअघि प्रहरीको गोली लागेर मृत्यु भएको भनिएको थियो ।

    अर्का एक जना गम्भीर घाइते छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरलाई बताए । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

    भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

    पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

    उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालकुमारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।