Logo

२०८३, कार्तिक २७गते


images
images

व्यवसायीहरूको इगो (टकराब) ले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन् : प्रमुख आचार्य

व्यवसायीहरूको इगो (टकराब) ले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन् : प्रमुख आचार्य

images
  • व्यवसायीहरूको इगो (टकराब) ले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन् : प्रमुख आचार्य
    images

    राजेश पराजुली, पोखरा । पोखराको लेकसाइड क्षेत्रमा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

    images
    images
    images

    महोत्सव उद्धघाटन गर्दै प्रमुख आचार्यले सडक महोत्सव पोखराको पहिचान बनेको बताए। “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।” पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताए। विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए। विमानस्थलले क्षमताभन्दा धेरै यात्रुहरूलाई सेवा दिइरहेको उनले बताए। अब छिट्टै पोखराबाट उपयुक्त गन्तव्यहरूमा सिधा उडान हुने विश्वास समेत व्यक्त गरे।

    images
    images
    images

    पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरे। “जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।”

    images
    images

    व्यवसायीहरू बिचको इगो (प्रतिसोध) का कारण प्याराग्लाइडिङलाई प्यारालाइसिस (क्षयपूर्ण) गराउन नहुने उनले चेतावनी दिए। “पर्यटन क्षेत्रको एउटा महत्त्वपूर्ण प्रडक्टका रूपमा रहको प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन हुँदैन, यसमा सम्बन्धित क्षेत्रमा रहेका साथीहरूले आफू भित्र रहेको इगोलाई हटाइदिनुहोला, र एउटा उपयुक्त सोलुसन (समाधान) लिएर आउनुहोला, प्रमुख आचार्यले होइन भने सिडिओ साव यही हुनुहुन्छ, म यही छु, हामीले आदेश गर्नुपर्ने हुन्छ, त्यति बेला त्यो अलिकता नमिठो हुनसक्छ ।”

    प्रमुख आचार्यले मञ्चबाटै व्यवसायीहरूलाई सडक महोत्सवलाई कमाउने मौकाको रूपमा नलिन अपिल समेत गरे। विगतमा यस प्रकारका गुनासाहरू थुप्रै आएको स्मरण गर्दै उनले यसपालि त्यस प्रकारको कमजोरी नगर्न अपिल गरे। “विगतमा यस्ता गुनासाहरू थुप्रै आएका छन्, यस पटक यो कमजोरी कहिकसैबाट नहोस्, प्रमुख आचार्यले स्थानीय प्रशासनले अनुगमनका क्रममा कुनै कैफियत फेला पारे कोही उम्कन पाउने छैन ।” कमाउने नभई प्रवद्र्धन गर्ने अवसरका रूपमा यसको उपयोग गर्न उनले अनुरोध गरे।

    रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रमुख आचार्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।