राजेश पराजुली, पोखरा । पोखरामा अनुमति बिना ड्रोन क्यामेर उडाउने चिनियाँ नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । पोखरामा अनुमति बिना नै ड्रोन क्यामेरा उडाउने २५ वर्षीय चिनियाँ नागरिक देङ सेङलाई प्रहरीले बिहिवारआज प्रकाउ गरेको हो ।
पोखरा महानगरपालिका–१ टुडिखेल मैदानमा विदेशी नागरिकले अनुमति विना नै ड्रोन क्यामेरा उडाई रहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चिनियाँ नागरिकलाई सेङलाई प्रकाउ गरेको हो ।
अनुमति बिना नै ड्रोन क्यामेरा उडाई भिडियो बनाई रहेका अवस्थामा प्रकाउ परेका चिनियाँ नागरिक सेङलाई प्रहरीले नियन्त्रणमा लियर नेपाल नागरिक उड्यन प्राधिकरण पोखरामा पठाएको कास्की प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology