Logo

२०८३, कार्तिक २७गते


images
images

डा.अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

डा.अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

images
  • डा.अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
    images

    काठमाडौं । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्राप्त गरेका छन् ।

    images
    images
    images

    पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आज सोमबार आयोजित विशेष समारोहमा गतवर्षका बिजेता डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ प्रदान गरेका छन् । सो पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्रपत्र छ ।

    images
    images
    images

    यसअघि पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम क्यालिफोर्नियामा गत ५ डिसेम्बरमा बसेको एसोसिएशनको सचिवालय बैठकले डा. शाहीलाई यसवर्षको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारद्वारा सम्मान गर्ने निर्णय गरेको थियो ।

    images
    images

    एनआरएनएले डा. शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा अहोरात्र खटेको कामको मूल्यांकन गर्दै यो पुरस्कारप्रदान गरेको जनाएको छ ।

    पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको हो । फाउण्डेशनका अध्यक्ष भीम घिमिरे बुद्धि विश्वकर्मा लगायतका प्रतिनिधिहरुले पुरस्कार वितरणका लागि सहजीकरण गरेका थिए ।

    पुरस्कार वितरण समारोहमा एनआरएन प्रतिनिधिको रुपमा देउराली फाउन्डेशनका अध्यक्ष भीम घिमिरे र बुद्धि विश्वकर्मा, यस्तै गाउँपालिका अध्यक्ष तोरन मल्ल ठकुरीलगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा.अरुण शाही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।