Logo

२०८३, कार्तिक २७गते


images
images

सगरमाथामा स्वर्णीम आइ टि क्लव गठन

सगरमाथामा स्वर्णीम आइ टि क्लव गठन

images
  • सगरमाथामा स्वर्णीम आइ टि क्लव गठन
    images

    देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय मा.वि. मा स्वर्णीम आइ टि क्लव गठन संगसंगै यूवा संसदीय वहस सम्पन्न भएकाे छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाइ नेपालको संसदीय वहस र प्रकृयाको बारेमा अवगत गराउने उद्देश्यले  यूवा संसदीय वहस कार्यक्रम प्रतियोगीताको रुपमा सम्पन्न गरिएको हाे ।

    images
    images
    images

    विद्यालयका संयोजक भिम कुमारी गुरुङ्ग र विमल तिवारीको विशेष सक्रियतामा संचालीत उक्त कार्यक्रममा शिक्षक कृष्ण आचार्य र विधार्थी सन्तोषी सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेकी थिन ।  प्रतियोगितामा कुसल पाण्डेय, भरत राना र शिक्षा पौडेलको समूह प्रथम सुस्मिता भुसाल, राम बहादुर खत्री र शीशिर भण्डारीको समूह द्धितिय र नन्दनी गुरुङ, झरना थापा र सुजन रानाको समूह तृतीय स्थान हासिल गरेको  सगरमाथा आवासीयले जनाएकाे  छ ।
    साथै सगरमाथा आवासीय मा.वि मै स्वर्णीम आइ टि क्लव गठन समेत भएकाे छ ।

    images
    images
    images

    सगरमाथा आवासीय मा.वि.मा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्याथीहरुलाई एक उत्प्रेरणात्मक कार्यक्रम संचलान गर्दै । कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई आधुनिक प्रविधि र सुचना प्रविधि सँग साक्षात्कार गराउने उद्देश्यले  विषेश उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

    images
    images

    विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलको अध्यक्षता र शिक्षक दिपेश विक्रम मल्लको संचालनमा सम्पन्न  कार्यक्रममा विषय विज्ञ लोकेन्द जर्गाले वर्तमान समयमा सुचना प्रविधिको महत्व र यसको व्यावहारिक प्रयोगका बारेमा विद्याथीहरुलाई सुचीत गरेका थिए ।

    कार्यक्रममा सह प्राचार्य प्रदिप अधिकारीले स्वागत एवं शुभकामना मन्तव्य रहेकाे कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी साहिल सोमरेको अध्यक्षतामा ७ सदस्यीय स्वर्णीम आइ.टि क्लव गठन गरेको छ। समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिव शिक्षा पौडेल कोषाध्यक्ष पूर्णीमा पाण्डे र सदस्यहरुमा सुरेन्द पासी र भरत राना रहेका  कार्यक्रमलाई विद्यालयका शैक्षिक संयोजक भिम कुमारी गुरुङ्गले सहजीकरण गरेकी थिन ।

    कार्यक्रम विद्यालयका सह प्राचार्य प्रदिप अधिकारीको अध्क्षयता र जय भण्डारीको संचालनमा सम्पन्न भएकाे थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णीम आइ टि क्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।