काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको १० औँ राष्ट्रीय अधिवेशनले अध्यक्षमा सुनिल घिमिरेलाई चयन गरेको छ । शुक्रवार सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको एनआरएनए आइसीसी सदस्यमा सुरेश भट्ट, वरिष्ठ उपाध्यक्षमा कल्याण थापा र मन्जु खनाल, उपाध्यक्षमा सुर्य नारायण सापकोटा र सोमनाथ कडेल, महासचिब ध्रुबराज अधिकारी, सचिवमा पुष्प कोइराला, अरबिन्द चौधरी, अंकित श्रेष्ठ, कोषाध्यक्ष अजय श्रेष्ठ (कान्छा) लगायत रहेका छन ।
अधिवेशनमा नेपाली राजदूतावास कतारका कुटनीतिक नियोगका उपप्रमुख कृष्ण कुमार सुबेदी, गैरआवासीय नेपाली संघका उपाध्यक्षद्वय उमेश पुडासैनी, थर्क बहादुर सेन लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology