Logo

२०८३, कार्तिक २७गते


images
images

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

images
  • नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी
    images

    बुटवल । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल  बिजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पाेेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन ।  ८४ मतान्तरले बिजयी बनेका पोखरेलले  तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लाे पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

    images
    images
    images

    त्यस्तै कार्यकारीणी उपाध्यक्षमा  अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनाेनित भए ।

    images
    images
    images

    भने उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भए । उनीहरुले पद तथा गाेपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकर्त नरेशचन्द्र ओझाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    images
    images

    नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने  ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल जेसीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।