Logo

२०८३, कार्तिक २७गते


images
images

चिनिया उपमन्त्री वाङ र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाबीच शिष्टचार भेट 

चिनिया उपमन्त्री वाङ र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाबीच शिष्टचार भेट 

images
  • चिनिया उपमन्त्री वाङ र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाबीच शिष्टचार भेट 
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले चीनिया उपमन्त्री वाङ रुइजुन सहितको टोलीसग शिष्टचार भेटवार्ता गरेका छन । 

    images
    images
    images

    चिनिया उपमन्त्री वाङ रुइजुन सहितको प्रतिनिधिमण्डलका सदस्यहरू ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेई सहितको टोली सग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन्चालन  लगायतको  विषयमा उपाध्यक्ष डा. लामाले भेट तथा छलफल गरेका हुन ।

    images
    images
    images

    भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा  चिनिया छलफल गरेका थिए। उपाध्यक्ष डा.लामाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहजीकरण एवं चीनिया पर्यटक भित्राउन लागि चीनको गोन्जाउ विमानस्थल बाट दैनिक एउटा हवाई उडान सञ्चालनका लागि चीनिया उपमन्त्री वाङ सग आग्रह समेत गरेका छन् ।

    images
    images

    साथै उपाध्यक्ष डा. लामाले नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको भन्दै दुई देश बीच धार्मिक सांस्कृतिक एव सामाजिक साझेदारी सहितको मित्रवत सम्बन्ध राख्न चाहेको बताएका हुन् ।

    लुम्बिनी विश्वको एउटा मात्र बुद्धको पवित्र जन्मस्थल भएको भन्दै यो बौद्धमार्गीहरुको साझा सम्पत्ति भएको कारण  लुम्बिनीको समग्र विकासको निम्ति सहयोगको आग्रह समेत गरेका छन्  ।

    भेटमा लुम्बिनी विकास कोषको तर्फबाट कोषाका कोषाध्यक्ष सिद्धचरण भट्टराई, कोषका कार्यकारी सदस्य श्याम रोक्का, प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राई लगायतको उपस्तिथि रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिनिया उपमन्त्री वाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।