Logo

२०८३, कार्तिक २६गते


images
images

१६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि प्रतिभा माविलाई

१६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि प्रतिभा माविलाई

images
  • १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि प्रतिभा माविलाई
    images

    राजेश  पराजुली,  पोखरा । १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि प्रतिभा माविले उचालेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार  पोखरा रंगशालामा सम्पन्न स्पोर्ट्स मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो । गत संस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम, टेवुल टेनिसमा ७ पदक तथा व्याडमिन्टनमा एक पदकका साथ कूल २२ अंक बनाउँदै रनिङ शिल्ड आफै संग राख्न सफल भएको हो ।

    images
    images
    images

    सम्पन्न स्पोर्ट्स मिटमा करुणानिधी मावि कुल १६ अंकका साथ दोश्रो हुँदा न्यू ग्यालेक्सी १० अंकका साथ समग्रमा तेश्रो स्थान प्राप्त गरेको छ ।

    images
    images
    images

    मंसिर १४ गतेबाट पोखरा रंगशालामा सुरु भएको स्पोर्ट्स मिटमा छात्र बास्केटबलमा ३७ विद्यालयको सहभागिता रहेको थियो भने छात्रातर्फ १५ टिम सहभागी थिए । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा तथा व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । विश्वविद्यालयतर्फ बास्केटबल र व्याडमिन्टनमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले बताए ।

    images
    images

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्ट्स मिटमा सहभागिता जनाए । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्नेे प्रचार प्रसार उपासमितिका संयोजक डिल्लीराम अर्यालले जनाए ।

    विजेता खेलाडी तथा विद्यालयहरुलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, केन्द्रिय उपाध्यक्ष बावुराम पन्त, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, हिसानका केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिशी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    सो अवसरमा बोल्दै मन्त्री शिंखडाले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउँदै खेलकुदमा लगानी अपरिहार्य रहेको बताइन । उनले खेलकुद विकासका लागि सबै पक्षको उत्तिकै उत्साहकजनक सहभागिताले मात्रै सम्भव रहेको कुरा औंल्याउँदै यस बारे गम्भिर भएर सोच्न आग्रह समेत गरिन । खेलकुदमा व्यपारिकरणलाई पश्रय दिन नहुने बताउँदै व्यवसायिक खेलाडीको उत्पादन अहिलेको प्रमुख विषय रहेको उनको भनाई थियो ।

    १६ औं हिसान कास्की स्पोर्ट्स मिटलाई समापन गर्दै हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले स्पोर्टस मिट सफल बनाउन सबैले गरेको सहयोग प्रति आभार प्रकट गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।