Logo

२०८३, कार्तिक २७गते


images
images

स्थानीयको विरोधसंगै बेगनासमा मोटरबोट सञ्चालनमा महानगरको रोक

स्थानीयको विरोधसंगै बेगनासमा मोटरबोट सञ्चालनमा महानगरको रोक

images
  • स्थानीयको विरोधसंगै बेगनासमा मोटरबोट सञ्चालनमा महानगरको रोक
    images

    राजेश  पराजुली, पोखरा ।  पोखरा महानगरपालिकाले बेगनासतालमा मोटरबोट सञ्चालनमा रोक लगाएको छ । महानगरले मोटरबोट सञ्चालनको अनुमति नलिइएको, मोटरबोटले डुंगा व्यवसायलाई असर गरेको, जलचर प्राणीलाई समस्यामा पार्नुका साथै स्थानीयले विरोध गरेका लगायतका कारण देखाउँदै मोटरबोट सञ्चालन नगर्न भनेको हो ।

    images
    images
    images

    महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले शुक्रबार   बेगनासताल डुंगा व्यवसायी समितिका नाममा पत्र काट्दै मोटरबोट सञ्चालन कार्य शीघ्र बन्द गर्न निर्देशन दिएका छन् । अन्यथा प्रचलित कानुन बमोजिम हुने समेत महानगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    पोखरा महानगर ३१ नम्बर वडा कार्यालयलाई बन्द भए नभएको अनुगमन गरी जानकारी गराउन समेत महानगरले निर्देशन दिएको छ ।                  

    images
    images

    यस अगाडि बेगनास तालमा सञ्चालित मोटरबोट रोक्न माग गर्दै गत बुधबार स्थानीय जलारी समुदायले पोखरा महानगरका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र दिएका थिए ।

    स्थानीय ५४ जलारी घर परिवारका २५० जनाले माछा मारेरै जिविकोपार्जन गर्ने गरेको जानकारी दिँदै उनीहरुले तीव्र बेगमा चल्ने मोटरबोटका कारण पानीको छाल किनारामा आउँदा बस्न नै समस्य रहेको र तालको किनारमा पहिरो गई घरहरु नै जोखिममा परेको उल्लेख गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेगनास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।