Logo

२०८३, श्रावण २७गते


images
images

जीवलाल पराजुलीको ५ औँ स्मृतिमा शैक्षिक सामाग्री वितरण

जीवलाल पराजुलीको ५ औँ स्मृतिमा शैक्षिक सामाग्री वितरण

images
  • जीवलाल पराजुलीको ५ औँ स्मृतिमा शैक्षिक सामाग्री वितरण
    images
    images

    राहुल देव सापकोटा, देवदह । रूपन्देहीको देवदहमा नेपाली काङ्ग्रेसका नेता जीवलाल पराजुलीको ५ औँ स्मृति दिवसमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ४ सिंगाहामा रहेको शान्तिप्रिय आधारभुत विद्यालयका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै महासमिति सदस्य मणि प्रसाद शर्माले स्वर्गीय जीवलाल पराजुलीलाई स्मरण गर्दै उनले समाज प्रति गरेको योगदानको कदर गर्दै उनैको बाटोमा अगाडि बढ्न समग्र नेपाली काङ्ग्रेसका सदस्यहरूलाई आग्रह गरेका छ्न ।

    images
    images
    images

     कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रूपन्देही जिल्ला सहसचिव बासुदेव रिमालले स्वर्गीय जीवलाल पराजुलीले आफू सम्पन्न साली हुँदा हुँदै पनि कुनै खालको घमण्ड नगरी समाजसेवामा तल्लिन रहने राजनेता गुमाउनु पर्दा आफूहरू भावविह्ल भएको बताए । उनले स्वर्गीय जिवलालले समाज प्रती देखेका अधुरा सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छ्न । कार्यक्रममा बोल्दै स्वर्गीय जीवलाल पराजुलीका जेष्ठ छोरा चन्द्रकान्त पराजुलीले बुबाले देखेका अधुरा सपना आफूहरू मिलेर पूरा गर्ने बताए ।

    images
    images
    images

     कार्यक्रममा बोल्दै शान्तिप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक शेषनारायण रेग्मीले काङ्ग्रेसका नेता जीवलाल पराजुलिको योगदान को प्रशंसा गर्दै उनको स्मृति दिवसको अवसरमा आफ्नो विद्यालयका विद्यार्थीलाई छनोट गरि शैक्षिक सामाग्री वितरण गरेकोमा आभार व्यक्त गरे ।

     कार्यक्रम नेपाली काङ्ग्रेस देवदह नगर समितिका सचिव नेत्र रिजालको सञ्चलनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवलाल पराजुली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।