Logo

२०८३, कार्तिक २७गते


images
images

उपेन्द्र यादवलाई प्रधानमन्त्रीको प्रस्ताव आए जसपाले स्वीकार्छ : प्रवक्ता सुमन

उपेन्द्र यादवलाई प्रधानमन्त्रीको प्रस्ताव आए जसपाले स्वीकार्छ : प्रवक्ता सुमन

images
  • उपेन्द्र यादवलाई प्रधानमन्त्रीको प्रस्ताव आए जसपाले स्वीकार्छ : प्रवक्ता सुमन
    फाइल फोटो
    images

    काठमाडौँ । जनता समाजवादीका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्रीको अफर आए जसपाले स्वीकार गर्ने बताएका छन् । एमालेसँग मिलेर सत्ता समीकरण फेरबदल गर्ने खेलमा लागेको हो भन्ने प्रश्नमा उनले उक्त कुरा बताएका हुन् । मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने सौभाग्य पाए देशमा समानताको अर्को परिभाषा हुने उनले बताए ।  

    images
    images
    images

    ‘साँच्चै कुरा गर्दा एकजना मधेसी प्रधानमन्त्री बन्यो भने देशमा समानताको अर्को परिभाषा हुन्छ । भित्रैबाट बुम हुन्छ । एकजना नेपाली अमेरिकामा गएर स्याटालाइटमा पुग्यो भने हामी त्यतिकै बुम हुन्छौं । अस्ति नेपालीले क्रिकेट खेलेर जित्दा हामी त्यतिकै बुम भयौं । त्यसैले उपेन्द्र यादव प्रधामन्त्री बन्न पाएमा मधेशी समुदाय आफैँमा बुम हुन्छ । त्यस्तो सौभाग्य पाए किन नकारौंला’, रातोपाटीसँग उनले  भने । 

    images
    images
    images

    तर जनता समाजवादीलाई त्यसमा कुनै हतार नभएको र अहिले एमालेबाट त्यस्तो कुनै अफर आएको आफूलाई नलागेको उनले बताए । यस्तै चुनावअघि कांग्रेस–माओवादीले बेमानी गरेकाले गठबन्धन तोडेको उनले जिकिर गरे ।  ‘त्यतिबेला राजनीति चित्रण गर्दा एकीकृत समाजवादीलाई लिए हुन्छ । विचरा उसलाई राष्ट्रिय पाटी बन्नै दिएन’, उनले भने, ‘हामीले कुरा बुझ्यौ तत्काल गठबन्धन छाड्यौं । त्यतिबेला एक्लै लड्ने वातावरण नभएकाले एमाले रोजेका हौं ।’

    images
    images

    सत्ता पक्षको एक वरिष्ठ नेताले विपक्षी दलको  नेतासँग भेटघाट गर्नु सुन्दर पक्ष भएको उनको भनाइ छ । प्रजातान्त्रिक मुलुक भारतमा प्रधानमन्त्री र राहुल गान्धीबीचमा तीन वर्षसम्म भेट नभएको भन्दै नेपालमा सत्ता पक्षका नेताहरूले विपक्षी दलका नेताहरूसँग भेट गर्नु राम्रो पक्ष भएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रवक्ता सुमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।