Logo

२०८३, कार्तिक २६गते


images
images

भाइटिका महोत्सवमा ६८ पर्यटक सहभागि

भाइटिका महोत्सवमा ६८ पर्यटक सहभागि

images
  • भाइटिका महोत्सवमा ६८ पर्यटक सहभागि
    images

    राजेश पराजुली, पोखरा । पोखरा,पर्यटकीय नगरी पोखरामा आयोजित १६ औं भाइटिका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता
    जनाएका छन् । होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागि भएको संघका अध्यक्ष लक्ष्मण स७३घढसवेदीले जानकारी दिए ।

    images
    images
    images

    अमेरिका, अष्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टिका लगाएका थिए ।
    संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नाराका साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस्तो महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइड
    स्थित होटल ल्याण्डमार्कमा यो पटक महोत्सव भएको थियो ।

    images
    images
    images

    रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । टिका र माला
    लगाएपछि टोपी, सल र सेलरोटी लगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो । छात्राहरुले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान देखाए । रमाइलो मान्दै पर्यटक पनि उनीहरुसँगै सहभागि भए । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने
    उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सवेदीले बताए ।

    images
    images

    नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको उनले बताए । कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सवेदीले पर्यटन भाइटिका महोत्सवमा भाग लिएको र टिका लगाई नाचगानमा रमाएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् ।

    पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भाइटिका महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।