Logo

२०८३, कार्तिक २७गते


images
images

विद्युत् शुल्क नतिरेपछि पोखरामा काटियो मन्त्रालयको लाइन

विद्युत् शुल्क नतिरेपछि पोखरामा काटियो मन्त्रालयको लाइन

images
  • विद्युत् शुल्क नतिरेपछि पोखरामा काटियो मन्त्रालयको लाइन
    images

    पोखरा । समयमा महसुल नबुझाएपछि विद्युत् प्राधिकरणले गण्डकी प्रदेशका मन्त्रालय सहित १२ सरकारी कार्यालयको लाइन काटिदिएको छ । लामो समयसम्म विद्युत् महसुल नबुझाएको भन्दै प्राधिकरणको पोखरा वितरण केन्द्रले लाइन काटिदिएको हो । 

    images
    images
    images

    ६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने अभियान चलाइएको केन्द्रले जनाएको छ । भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ बक्यौता नबुझाएपछि लाइन काटियो । 

    images
    images
    images

    प्रादेशिक कृषि निर्देशनालय, भूमि व्यवस्थापन एटिएम, प्रादेशिक पशु रोग निदान विभाग, फेवाताल जलाधार आयोजना, विजयपुर बेगनास ताल सिँचाइ कार्यालय र प्रादेशिक शिक्षा निर्देशनालयको लाइन पनि काटिएको थियो । उनीहरुले करिब ३ लाख बक्यौता बुझाउन बाँकी छ ।

    images
    images

    केन्द्र प्रमुख राजीवकुमार सिंह ६० दिनसम्म समय दिए पनि अटेर गरेपछि लाइन काटिएको बताउँछन् । ‘६० दिन कटेपछि कसैको लाइन रहँदैन । काट्ने हो,’ उनले भने, ‘बिद्युत्तकै कार्यालयको र मेरो क्वार्टरको पनि हरेक महिना चेक काटेर भुक्तानी गर्छौँ । अनि अरूको रहन्छ ?’

    सरकारी कार्यालय र निजी उपभोक्ता जसको भए पनि बक्यौता नतिरे लाइन काटिने उनको भनाई छ । अधिकांश कार्यालयले लाइन काटिएपछि बक्यौता तिरेका छन् । बक्यौता तिरेपछि पुनः लाइन जोडिएको उनले बताए । आन्तरिक राजश्व कार्यालय र जलाधार कार्यालयको पनि लाइन काटिएको थियो । 

    केही कार्यालय बक्यौता नतिरेका कारण फेरि लाइन काटिने अवस्थामा पुगेका छन् । पोखरा स्थित कारागार कार्यालयले १९ लाख बक्यौता तिर्न बाँकी छ । यसअघि नै लाइन काट्ने तयारी गरिएकोमा समय मागेपछि १ हप्ता रोकिएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।