बुटवल । टिभिएस कम्पनीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालि र बुटवलका लागि आधिकारिक बिक्रेताले बुटवल र फर्साटिकरमा एकसाथ टिभिएस च्याम्पियन एक्सचेञ्जको आयोजना गरेको छ ।
बुटवल सोरुममा यही कात्तिक १९ गतेदेखी देखी कात्तिक २५ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको हो ।
च्याम्पियन एक्सचेञ्जमा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको साटफेर गरी नयाँ टिभिएस ब्राण्ड चढेर जान सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले दशैँ तथा तिहार पर्वलाई लक्ष्य गरी ल्याएको “हर मोडमा उमङ्ग”अफर अन्तर्गतका छुट, सहुलियत तथा अफरहरु ग्राहकलाई प्रदान गरिने बुटवल टिभिएस सोरुमका ब्यबस्थापक सुन्दर अर्यालले सेतोमसीलाई बताए ।
उनका अनुसार टिभिएस बाइक तथा स्कुटरको खरीदमा किन्नु अघि स्क्राच कार्डमार्फत एक लाख रुपैयासम्म जित्ने र खरीदपछि पाँच लाखसम्म जित्न सकिने योजना रहेको छ ।
त्यसैगरी टिभिएस च्याम्पियन एक्सचेञ्जमा १० हजारदेखि ५० हजारसम्म थप मुल्यांकन, शुन्य प्रतिशत ब्याजदर, २५ प्रतिशत डाउन पेमेन्ट, बाइक कभर, हेल्मेट र झोला निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
टिभिएसको उपहार योजनामा हरेक महिना लक्की ड्रमार्फत सत प्रतिशत क्यास ब्याक र बम्परमा रु १० लाख उपहारको योजना रहेको छ ।
टिभिएसले गत महिना मात्रै ईलेक्ट्रिक भेईकल आईक्युब समेत नेपालमा बिक्रि सुरु गरेको छ। उक्त स्कुटर साटफेर गर्दा अधिकतम मुल्यांकन रु २५००० सियोर सट प्राप्त गर्न सकिनेछ।
आईक्युब बहुप्रतिक्षित ईलेक्ट्रिक स्कुटर पनि हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology