Logo

२०८३, कार्तिक १२गते


images
images

जाजरकोट भुकम्प

तिलोत्तमाले भुकम्प प्रभावित क्षेत्रमा पठायो स्वास्थ्यकर्मी र औषधी, १० लाख आर्थिक सहायता दिने

तिलोत्तमाले भुकम्प प्रभावित क्षेत्रमा पठायो स्वास्थ्यकर्मी र औषधी, १० लाख आर्थिक सहायता दिने

images
  • तिलोत्तमाले भुकम्प प्रभावित क्षेत्रमा पठायो स्वास्थ्यकर्मी र औषधी, १० लाख आर्थिक सहायता दिने
    images
    images

    तिलोत्तमा ।  तिलोत्तमा नगरपालिकाले कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मी सहितको औषधि र सहायता सामाग्री पठाएको छ। नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबसट नगरपालिकाले सो निर्णय गरेको हो। 

    images
    images
    images

    नगरप्रमुख रामकृष्ण  खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। tilotama2.jpeg

    images
    images
    images

    नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले  बताए।
     
    सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि  पठाईएको छ। जनस्वास्थ्य निरिक्षक  रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले  बताए। 

    images
    images
    images

    उद्धारको टोली नगरपालिकाबाट सामाग्री सहित दिउसो प्रस्थान गरिसकेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जाजरकोट भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।