Logo

२०८३, कार्तिक १२गते


images
images

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क

images
  • भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क
    images
    images

    काठमाडौं । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । 
    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिने छ । 

    images
    images
    images

    भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।

    images
    images
    images

    नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमितरुपमा सुचारु राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 

    कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि टेलिकमले स्रोत व्यक्ति पनि तोकेको छ । जसअनुसार प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५११०९९५५) र ओमप्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।