Logo

२०८३, कार्तिक २७गते


images
images

भारतमा ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतमा ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

images
  • भारतमा ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच नेपालीको मृत्यु
    images

    कर्नाटक । भारतमा दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।

    images
    images
    images

    मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन्।

    images
    images
    images

    गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गएराति उनीहरूको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। 

    images
    images

    चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए। उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए।

    भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको मोटरसाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो।

    रतनको परिवार सबै एउटै मोटरसाइकलमा सवार थिए।मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए।

    धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो। सुस्मिताका श्रीमान् पनि भारतमै छन्।

    यता चौकुनेमा भने बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमा रहेका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतमा ट्रकले ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।