Logo

२०८३, कार्तिक २७गते


images
images

'भौतिक र मानविय विकास बिना मानवअधिकारको पूर्ण प्रत्याभुति असम्भब'

'भौतिक र मानविय विकास बिना मानवअधिकारको पूर्ण प्रत्याभुति असम्भब'

images
  • 'भौतिक र मानविय विकास बिना मानवअधिकारको पूर्ण प्रत्याभुति असम्भब'
    images

    राजेश  पराजुली, पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भौतिक तथा  मानविय  विकास बिना मानव  अधिकारको पूर्ण प्रत्याभुति असम्भब  भएको बताएका छन ।

    images
    images
    images

     नेपालको संविधानले आधारभुत अधिकार सहितका मानव अधिकारको पूर्ण प्रत्याभूत गरेको बिषय भएको र कास्कीका कुनै पनि नागरिक मानव अधिकारको पहुँचबाट टाढा हुन नपर्ने गरि कार्य गर्न कास्कीका सम्पूर्ण पालिका सहित सरोकारवालाहरूलाइ आग्रह गरे।

    images
    images
    images

    पौडेलले मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीको मंगलबार  सम्पन्न समिक्षा बैठकको अध्यक्षता गर्दै सो कुरा बताए । अध्यक्ष पौडेलले दिगो बिकासको लक्ष्य प्राप्तिको आधारभुत बिन्दु नै मानव अधिकारको कार्यान्वयनबाटै शुरु हुने हुँदा मानव अधिकार उल्लंघनका गुनासा सुन्नु नपर्ने गरि कार्यगर्न आग्रह गरे। मानव अधिकार मैत्री नीति नियम ऎन कानुनको पूर्ण कार्यान्वयनमा कुनै कसर बाकी नराख्न पौडेलले आग्रह गरे।
     
     न्युनतम मानव अधिकारको प्रत्याभुती बिना हुने बिकासले कुनै अर्थ नराख्ने भन्दै समतामूलक समाज बिकास र ब्यक्ति ,समाज र राष्ट्रको सर्बाङ्गिण बिकासमा मानव अधिकार महत्वपूर्ण हुने उल्लेख गरे। 

    images
    images

    कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले सबै सरकारी र गैरसरकारी संस्थाहरूले आ -आफ्नो बिषयगत जिम्मेवारी पूरा गरेमा कार्ययोजनाको लक्ष्य पूरा हुने भन्दै सबै सरकारी निकाय यसमा गम्भीर रहेको उल्लेख गरे।नागरिकका मानव अधिकार उल्लंघनमा हुने कुनैपनी घटना क्षौम्य नहुने उनको भनाइ थियो।

     नतिजामुखी कार्य टड्कारो आबश्यकता भएको भन्दै राज्यको उपस्तिथि प्रभाबकारी देखिने गरि काम गर्न आग्रह  गरे। बैठकमा कास्कीका पाँच ओटा पालिका सहित सदस्य रहेका सरकारी तथा गैरसरकारी सदस्य संस्थाहरूले कास्कीमा मानव अधिकारको अबस्था , कमिकमजोरी र सुधारका उपायका सम्बन्धमा प्रतिबेदन पेश गरेका थिए।

     मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समितिकाका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेकाथिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भौतिक र मानविय विकास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।